सुनको मूल्य स्थिर

२९असोज, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ।

यस्तै चाँदीको मूल्य भने बिहीबार बुधबारको तुलनामा रु ५ घटेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस