जनएकता सहकारीको १२ औँ साधारणसभा सम्पन्न

रोल्पा । जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सुलिचौर रोल्पाको १२ औँ वार्षिक साधारणसभा आज सुलिचौरमा सम्पन्न भएको छ ।

रोल्पाको सुलिचौरमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका ३ का वडा अध्यक्ष विष्टले सरकारीहरू सरकारको नीति–नियम अनुसार चल्न आवश्यक रहेको बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले देशको आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको उनले बताए ।

सहकारीले गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउँदै सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरुले सहकारी संस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

संस्थाका अध्यक्ष आकाश गिरीले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस