३०असोज,रोल्पा । रोल्पाको सुलिचौरबाट प्रहरीले ३ जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार ईलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले ईमिजा होटल सुलिचौरमा रहेको जुवाको खालमा छापा मारेर जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हाेटल सञ्चालक तथा नेपाली काँग्रेस रोल्पाका नेतृ टीजा विष्ट, काँग्रेस क्षेत्रीय प्रनिधि केशरकुमार विष्ट, सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ का हुकुम बिष्ट रहेका छन् । अन्य फरार रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट लाख बराबरको रकम बरामद गरेको बताएको छ ।

पुनश्च: यस अघि प्रकाशित समाचारमा भुलबस राेल्पा सनलाईट बाेर्डिङ स्कुल र त्यहाँ कार्यरत शिक्षककाे नाम समावेश भएकाे क्षमा याचना सहित भुल सुधार गरिएकाे छ ।  स‍.-