भारतमा कोरोनाले २४ घण्टामा एक हजारको मृत्यु

३ कार्तिक,काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १ हजार ३३ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ३१ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार ८७१ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार भारतमा कुल कोरोना संक्रमितको संख्या ७४ लाख ९४ हजार ५५१ पुगेको छ ।

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस