विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ७ हजार

३कार्तिक,काठमाडौं । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या ११ लाख ७ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ लाख ७ हजार ३७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ३ लाख ८९ हजार ६८३ संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस