विश्वमा एकैदिन ३ लाख ८९ हजारमा कोरोना पुष्टि

३कार्तिक,काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ८९ हजार ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अघिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ३ लाख ९२ हजार ४७१ जनामा कोरोना पुष्टि भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९५ लाख ९६ हजार ८५८ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ७ हजार ३७४ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४६ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस