३ कार्तिक, काठमाडौं । सरकारले अमेरिका र बेलायतका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमाथि चार वटा उजुरी परेका छन्।
प्रतिनिधिसभा संसद सचिवालयका अनुसार अमेरिकाका लागि राजदूत सिफारिस गरिएका डा.युवराज खतिवडा र बेलायतका लागि सिफारिस गरिएका लोकदर्शन रेग्मीमाथि चार वटा उजुरी परेका हुन्।
बैठकले उजुरीकर्तालाई १७ गते बोलाएर छलफल गर्ने निर्णय गरेको संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।
उजुरीकर्तालाई बोलाउनका लागि सार्वजनिक रूपमा सूचना प्रकाशित गरिने उनले बताए।
पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार