कोरोनाले एकै दिनमा १८ जनाको मृत्यु

३कार्तिक, काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोनाका कारण नेपालमा थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न भागमा आज थप १८ जनाको मृत्यु भएको पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७५७ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ३७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा आज देशभर ३७ सय ९० जनामा संक्रमण पुष्टि भएको छ ।

याेसँगै नेपालमा संक्रमितको संख्या १३६०३६ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ कार्तिक ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस