बुटवलमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

४कार्तिक, बुटवल । बुटवलमा थप १ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्युु भएको छ ।

बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको हो ।
अस्पतालका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिला छन् ।

सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ सोमबार नै आईसीयूमा राखेर उपचार भइरहेकामा आज विहान ५ बजे ती महिलाको मृत्यु भएको अस्पतालका जनाएको छ । ।

उनलाई मधुमेह रोग रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस