विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड नजिक

४कार्तिक, काठमाडौं । विश्वामा कोरोना संक्रमितको संख्या ४ करोड नजिक पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ९९ लाख ४४ हजार ८८२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख ३८ हजार ९६ संक्रमित थपिएका छन् ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ११ हजार ९९८ संक्रमितको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस