विद्यार्थीलाई ‘कमाण्डो’ कक्षा


४ कार्तिक, लिबाङ। सत्यप्रयास समूह रोल्पाले लिबाङमा ‘कमाण्डो’ कक्षा सञ्चाल गरेको छ । कक्षा १० का विद्यार्थीलाई लक्षित गर्दै आजदेखि कक्षा सञ्चालन गर्न लागेको समूहले जानकारी दिएको छ ।

चाडपर्वको समयमा लामो समय बिदामा बसेका बालबालिकालाई पढ्न प्रेरित गर्ने उद्देश्यले ‘कमाण्डो’ कक्षा संचालन गर्न लागेको समूहका अभियान्ता काशिराम डाँगीले जानकारी दिए ।

आजदेखि सुरु हुने कक्षा कार्तिक १४ गतेसम्म सञ्चालन हुने छ । दैनिक ६ घण्टा सञ्चालन हुने कक्षामा विद्यार्थीले नियमित पठन पाठनका साथै अतिरिक्त ज्ञान, व्यवहारिक सीप, अनुभव तथा अध्ययनको नयाँ तरीका कक्षामा सिकाइने समूहका अभियान्ता खेम बुढामगरले जानकारी दिए ।

समूहले गत शैक्षिक सत्रदेखि एसईई परीक्षमा रोल्पा प्रथम हुने विद्यार्थीलाई पुरस्कार समेत दिदै आएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस