
६ कार्तिक, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ ।
भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक ६ गते बिहिवार