भारतमा ७८ लाखभन्दा बढीमा संक्रमण

८ कार्तिक, काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५४ हजार २८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७८ लाख १३ हजार ६६८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७० लाख १३ हजार ५६९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १३ हजार ५६९ जनाको उपचार भइरहेको छ ।

भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ६५६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ९९२ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस