८ कात्तिक,काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र उनका पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कात्तिक ७ गते गरिएको स्वाबको परीक्षणमा आफूहरुलाई कोरोना पोजिटिभ देखिएको भट्टराईले जानकारी दिए । ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो,’ उनले भनेका छन् ।
भट्टराई र यमी अहिले होम आइसोलेसनमा बसेका छन् । उनले केही समययता आफूहरुसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार