१३ कात्तिक, काठमाडौँ । कैलालीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।
कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
१२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक १३ गते बिहिवार