एमाले थबाङको अध्यक्षमा घर्ती

१२कार्तिक, रोल्पा। नेकपा (एमाले) थवाङ गाउँपालिका कमिटी अध्यक्षमा देवबहादुर घर्ती सर्वसम्मत चयन भएका छन्।

बिहीबार सम्पन्न प्रथम अधिवेशनले थबाङ गाउँपालिका कमिटी अध्यक्षमा देउलालाई चयन गरेको हो।

उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनोज बुढा, उपसचिवमा निर्मल परियार र मुलधन पुन चयन भएका छन्।

त्यस्तै, सदस्यहरुमा धन पुन, दात रोका, तारा रोका, शैलेन्द्र दिनालु, किसन घर्ती मगर, बुलमाया घर्तीमगर, मिलन बि.क., किस्मत घर्तीमगर, सुरेन्द्र घर्तिमगर, गोरे रोका, मुलबहादुर रोका, दिपक बुढा, पुरुषोत्तम बुढा, सन्देश बुढा, भुपेन्द्र बुढा, पार्वती रोकाय बुढामगर, आशपुरा गुरुङ, गंगा बुढा, दिलकुमारी घर्ती, पूर्ण घर्ती, प्रशान्त घर्ती, लोकबहादुर घर्ती, बालकुमार रोका, बिष्णु रोका, योजना रोका, दिल कुमारी रोका, सुन्तुकी घर्ती, क्षेत्र घर्ती, खेत्ता घर्ती, नकस घर्ती गरी ३५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस