रोल्पामा एमाले प्रवेश गर्नेहरुको लर्काे, माओवादीको प्रभावक्षेत्र थबाङमै एमालेको शक्ति प्रदर्शन

१२कार्तिक, रोल्पा । माओवादी प्रभावक्षेत्र मानिने रोल्पामा पछिल्ला दिनमा सो पार्टी परित्याग गर्नेको लर्को लाग्ने गरेको छ । यसैक्रममा माओवादी सशस्त्र युद्धमा सहभागि भएका नेता कार्यकर्ताले सो पार्टी परित्याग गरि अन्य पार्टी रोज्न थालेका छन ।

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले रोज्नेहरुको संख्या उल्लेख रहेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले अवैधानिक भनेसंगै पूर्ववत पार्टीमा विभाजित भएसंगै रोल्पामा भने नेकपा माओवादी केन्द्रका थुप्रै प्रभावशाली नेताहरुले एमाले नै रोजेका छन ।

एमाले रोज्ने पूर्व माओवादी नेताहरुमा केन्द्रीय सदस्य देखी गाउँकमिटी सदस्य सम्म रहेका छन । यसरी माओवादी केन्द्र छोडी एमाले रोज्ने पूर्व माओवादीहरुमा केन्द्रीय सदस्य नवीन रोकामगर (थवाङ गाउँपालिका) प्रदेश कमिटी सदस्यहरु यमना रोकामगर (थवाङ गाउँपालिका), हरिप्रसाद वुढा नेपेरु ( थवाङ गाउँपालिका ), जुनकुमारी रोका (थवाङ गाउँपालिका),गंगाप्रसाद वुढा(परिवर्तन गाउँपालिका),पूर्ण वुढामगर (त्रिवेणी गाउँपालिका),जयप्रकाश वुढामगर (सुनछहरी गाउँपालिका) रहेका छन ।

यसै गरि जिल्ला कमिटी सदस्यहरु विजय घर्तीमगर ( माडी गाउँपालिका),आनन्द वुढा (माडी गाउँपालिका) र प्रेम विक (माडी गाउँपालिका) रहेका छन ।

विजयलाई नेकपा एमाले रोल्पाको उपाध्यक्ष र प्रेम विकलाई राष्ट्रिय युवा संघ रोल्पाको संयोजकको जिम्मेवारी दिइएको पार्टी जिल्ला सचिव निमप्रसाद रोकाले जानकारी दिए ।

जिल्ला कमिटी भन्दा तल्ला तहका कमिटी तथा पार्टी सदस्य समेत ठूलो संख्याका साथीहरु समाहित हुनुभएको छ सचिव रोकाले भने ।

आफुहरु एमालेमा प्रवेश गरेको नभई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निरन्तरताको रुपमा नयाँ एमालेमा समाहित भएको केन्द्रीय सदस्य नवीन रोकामगरको भनाई छ । अहिले रोल्पाको सत्ता माओवादी केन्द्रको चले जस्तो देखिए पनि जनताको मनोविज्ञान र मनोभावना नेकपा एमाले प्रति रहेको छ नेकपा एमाले रोल्पाका ईन्चार्ज समेत रहेका रोकाले भने । पछिल्लो पटक नेकपा एमालेमा आएको विभाजनले रोल्पालाई कुनै असर गरेको छैन वरु पूर्व माओवादीवाट भएको समायोजनले एमालेलाई थप शक्तिशाली वनाएको छ रोकाले भने ।

त्यसो त माओवादी केन्द्र छाडेर अन्य पार्टीमा जानेहरुको संख्या पनि वढ्दै जान थालेको छ । नेपाली काँग्रेस रोल्पाको केही समय अघि भएको वडा र पालिका अधिवेशनहरुमा समेत पूर्व माओवादी कार्यकर्ताहरु निर्वाचित भएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले जानकारी दिए ।

जिल्लाको सुनिलस्मृती गाउँपालिको सभापतिमा माओवादी केन्द्र परित्याग गरि नेपाली काँग्रेस प्रवेश गरेका मनवहादुर गिरी निर्वाचितभएका छन । जिल्लाका झण्डै आधा दर्जन वडा सभापति माओवादी परित्याग गरि नेपाली काँग्रेस वनेकाहरुले जितेका छन ।

प्रतिवन्ध पछि खुला राजनीति गतिविधि गरिरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा पनि माओवादी केन्द्र परित्याग गरि प्रवेश गर्नेहरुको लहर चलिरहेको पूर्व जिल्ला ईन्चार्ज तथा विशेष कमिटी सदस्य सन्तोष सुवेदीले जानकारी दिए ।
माओवादी केन्द्रले केही समय अघि गठन गरेको सेल कमिटीमा वस्ने मान्छे नपाएर माओवादी निकट शिक्षकहरुले आफ्ना श्रीमतीहरुलाई राखेर सेल कमिटी बनाएको देखियो सुवेदीले भने ।

माओवादीको प्रभावक्षेत्र थबाङमै एमालेको शक्ति प्रदर्शन

माओवादीको ‘आधार क्षेत्र’ रोल्पाको थबाङमा एमालेले गरेको पहिलो गाउँपालिका अधिवेशनमा ‘शक्ति प्रदर्शन’ गरेको छ।

जिल्लाका अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमाले नेताहरू थबाङ पुगेका हुन्। वर्तमान एमालेभित्र माओवादी सशस्त्र युद्धका एक जना शीर्षनेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा साविक माओवादी केन्द्रका नेता–कार्यकर्ताको ठूलो समूहसमेत रहेको छ।

एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले ०७७ फागुन २३ गते अवैधानिक भनेसँगै रोल्पा माओवादी केन्द्रका थुप्रै प्रभावशाली स्थानीय नेताहरुले एमाले नै रोजेका छन्।

एमाले रोज्ने पूर्वमाओवादी नेताहरुमा केन्द्रीय सदस्यदेखि वडा कमिटी सदस्यसम्म रहेका छन्।

एमाले थबाङको प्रथम पालिका अधिवेशनका लागि केन्द्रीय सदस्य तथा रोल्पा ईन्चार्ज नवीन रोकामगर, प्रदेश सदस्य कुमार दशौदी, जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बालाराम बुढा, प्रदेश सदस्य ईश्वरी जिएमलगायत अधिवेशका लागि थबाङ केन्द्रित छन्।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस