माओवादीको प्रभावक्षेत्र थबाङमै एमालेको शक्ति प्रदर्शन

१२कार्तिक, रोल्पा । माओवादीको ‘आधार क्षेत्र’ रोल्पाको थबाङमा एमालेले गरेको पहिलो गाउँपालिका अधिवेशनमा ‘शक्ति प्रदर्शन’ गरेको छ।

जिल्लाका अन्य स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर एमाले नेताहरू थबाङ पुगेका हुन्। वर्तमान एमालेभित्र माओवादी सशस्त्र युद्धका एक जना शीर्षनेता रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा साविक माओवादी केन्द्रका नेता–कार्यकर्ताको ठूलो समूहसमेत रहेको छ।

एमाले र माओवादी केन्द्रको एकीकरणलाई सर्वोच्च अदालतले ०७७ फागुन २३ गते अवैधानिक भनेसँगै रोल्पा माओवादी केन्द्रका थुप्रै प्रभावशाली स्थानीय नेताहरुले एमाले नै रोजेका छन्।

एमाले रोज्ने पूर्वमाओवादी नेताहरुमा केन्द्रीय सदस्यदेखि वडा कमिटी सदस्यसम्म रहेका छन्।

एमाले थबाङको प्रथम पालिका अधिवेशनका लागि केन्द्रीय सदस्य तथा रोल्पा ईन्चार्ज नवीन रोकामगर, प्रदेश सदस्य कुमार दशौदी, जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य बालाराम बुढा, प्रदेश सदस्य ईश्वरी जिएमलगायत अधिवेशका लागि थबाङ केन्द्रित छन्।

प्रकाशित मिति : २०७८ कार्तिक १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस