१२कार्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णयविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।
बुधबार न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले पाण्डेको रिट खारेज गरिदिएको हो।
रिट खारेज भएसँगै उनी निलम्बनमा परेका छन्।
प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार


