सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

फाइल तस्विर

१२ कार्तिक, काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जवाफ पेस गर्न आदेश समेत दिएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस