टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का

१४ कार्तिक, एजेन्सी। ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ निकायले ७।० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको जनाइएको छ ।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्किएको जनाइएको छ । सन् १९९९ मा टर्कीको इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस