१३रोल्पा, कार्तिक। रोल्पाको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सुनिलस्मृति गाउँपालिका ४, सुलिचौरबाट किलाचौरतर्फ जाने क्रममा लु २ च ८०१५ नम्बरको डबल क्याप बोलेरो जिप धुलेओडारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गयराती दुर्घटना हुँदा जिप सडकबाट करिब तीनसय मिटर तल खोलामा खस्दा चालक सुनछहरी गाउँपालिका ६, बस्ने वर्ष ३२ को थम्मन रोकामगरको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । भने दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् ।
दुर्घटनामा परि घाइते हुनेहरूमा लुङ्ग्री ७ का ४० वर्षीय खिमबहादुर पुन, लुङ्ग्री ४ का २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी रहेका छन् ।
घाईतेहरुको प्राथमिक स्वास्थ्य चौकी सुलिचौरमा उपचार सम्भव नभएपछि घाइतेहरूलाई लुम्बिनी प्रादेशिक अस्पताला बुटवलमा रिफल गरीएको प्रहरीले जानकारी दिएको छ ।


