अमेरिकामा एकैदिन एक लाखभन्दा बढी संक्रमित

१५ कार्तिक, काठमाडौं । अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको यो संख्या एकैदिन पुष्टि भएको अहिलेसम्मकै धेरै हो ।

नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९३ लाख १६ हजार १३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६० लाख १८ हजार ९१० जना संक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ३५ हजार नाघेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस