मेषः नयाँ काममा योजना बन्नेछ । धन सम्पतिको कारोबार बढ्नेछ । कुटुम्ब भेटघाट एवम् सहयोग मिल्नाले व्यवसायमा राहत हुनेछ । मिष्ठान्न भोजनको योग एवम् भोज भतेरमा सहभागी भइनेछ । नयाँ ठाउँको भ्रमण एवम् काममा जिम्मेवारी थपिनेछ । बोली वचनले साथ दिनेछ ।
वृषः सामाजिक प्रतिष्ठामा भने वृद्धि हुने तथा धनसम्पतिको सहयोग मिल्नेछ । आम्दानी बढ्नाले ऋणको भार कम हुनेछ । सन्ततिको स्वास्थ्यमा भने समस्या एवम पेटको गडबडी हुुनेछ । प्रशन्नता एवम् खुसियाली बढ्नेछ । साथीभाइ भेटघाटमा रमाइलो हुनेछ ।
मिथुनः घरका ज्येष्ठ सदस्यमा स्वास्थ्य बाधा आइपर्नेछ । काममा आलोचना मिल्नाले तनाव बढ्न सक्नेछ । साताको मध्यमा भने धार्मिक रुचि बढ्ने एवम् ठूलाबडाको सहयोग मिल्नेछ । पुरानो अड्केको काम सुचारु हुने एवं फाइदा आउन थाल्नेछ । आफन्त जनसँग भेटघाट एवम् मिठो भोजनको सुख मिल्नेछ ।
कर्कटः साथीभाइको सहयोगमा व्यापार व्यवसायमा लाभ मिल्नेछ । धन सम्पतिको जोहो हुने तर विद्यामा भने कमजोर योग रहेको छ । साताको मध्यमा भने अनावश्यक खर्च बढ्ने एवम् सर सामान नोक्सानी हुन सक्नेछ । काममा व्यवधान आउनाले लागत बढ्नेछ । नोकरी रोजगारीमा नयाँ जिमेवारी थपिनेछ । व्यवसायमा साझेदारी योजना प्रारम्भ हुनेछ ।
सिंहः नोकरी रोजगारीको अवसर सृजना हुनेछ । सामाजिक सम्मानमा वृद्धि हुने तथा राजनीतिक क्षेत्रबाट अवसरको बाटो देखिने एवम् सामाजिक काममा पहिचान मिल्नेछ । आफन्तबाट आर्थिक भरथेग हुनेछ । मित्रताले राम्रै साथ दिनेछ ।
कन्याः आफन्तबाट आर्थिक भरथेग हुनेछ । मित्रताले राम्रै साथ दिनेछ । सामाजिक काममा प्रतिफल राम्रो आउनाले प्रशंसा मिल्नेछ । यात्राको मजा मिल्नेछ । साथीभाइसँगको रमाइलोमा धनको व्यय हुनेछ ।
तुलाः स्वास्थ्यमा तलमाथि हुनेछ । काममा अपजस मिल्नाले अशान्तिको भय रहनेछ । सामान्य कुरामा वादविवाद हुनेछ । मित्रतामा समस्या आउनेछ । आर्थिक लेनदेनमा वैमनस्यता हुनेछ । रोजगारको बाटो खुल्ने एवम् प्रशन्नता बढ्नेछ ।
वृश्चिकः पारिवारिक भेटघाट रहनेछ । दाम्पत्य जीवनमा खुसियाली बढ्ने एवम् प्रेममा प्रगति हुनेछ । साझेदारी लगानीको योजना बन्नेछ । प्रेममा खुसियाली मिल्नेछ । वैवाहिक कुराले चर्चा पाउनेछ । व्यक्तिगत कामम प्रशंसा मिल्ने एवं क्षमताको कदर मिल्नेछ ।
धनुः स्वास्थ्यमा सुधार आउनाले चिन्ता कम हुनेछ । पारिवारिक साथ मिल्ने एवम नयाँ साथी भेट हुनेछ । चिसोको असरले स्वास्थ्यमा समस्या हुनेछ । मित्रतामा समस्या आउनेछ । घरायसी विवाद बढ्नेछ । पारिवारिक वादविवादमा तनाव आउनेछ । प्रतिस्पर्धा एवं वादविवादमा रहन्छ ।
मकरः सन्तानबाट सहयोग हुने तथा कला संगीतमा रुचि जानेछ । मातृपक्षबाट सहयोग एवम् सन्तानले खुशी दिनेछन् । मुद्दामामिला किनारा लाग्ने तथा विरोधीहरुको भय हट्नेछ । स्वास्थ्यमा प्रगति हुनाले यात्राको योग बन्नेछ । व्यवसायमा आम्दामी बढ्नेछ । शैक्षिक गतिविधि र अध्ययनमा प्रगति देखिन्छ ।
कुम्भः खेलकुद तथा प्रतिस्पर्धामा प्रतिष्ठा कायम हुनेछ । सहयोगीको सहयोगले बेलैमा आँटेको काम पूरा हुनेछ । धनको विवाद हुनेछ । पारिवारिक सरसल्लाह नमिल्नाले मानसिक अशान्ति हुनेछ । घरायसी समस्यामा अल्झिनु पर्नेछ । सरसल्लाह नमिल्नाले आँटेको काममा बाधा आउनेछ ।
मीनः दौडधुप एवम् व्यस्तता बढ्नेछ । सानो यात्राको योग पर्नाले व्यक्तिगत काम रोकिनेछ । अशान्ति एवम् तनाव बढ्नाले स्वास्थ्यमा गडबड हुनेछ । वैदेशिक सहयोग मिल्नेछ । आफन्तको धनको सहयोगले महत्वपूर्ण पूरानो लेनदेन मिल्नेछ ।