आज ४ अंकले घट्यो नेप्से, करीब ३ अर्बको कारोबार

१६ कार्तिक, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से ४। ७२ अंकले घटेको छ। आइतबारको कारोबारपछि नेप्से १ हजार ६४० अंकमा कायम भएको छ।

आज २ अर्ब ९३ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन बैंकिङ १४, होटल १५, विकास बैंक ६, फाइनान्स २, उत्पादन १५ र जीवन बीमा समूह ७ अंकले घटेका छन्।

ब्यापार २४, जलविद्युत १९, निर्जीवन बीमा १०, अन्य ५ र माइक्रोफाइनान्स २९ अंकले बढेका छन्।

यस दिन नेपाल फाइनान्स, हिमालय उर्जा विकास, विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य कमाए।शिवश्री हाइड्रो, एचआइडिसिएल कम्पनीका लगानीकर्ताले पनि करिब १० प्रतिशत मूल्य कमाए।

यस दिन कारोबारका आधारमा शिवश्री हाइड्रो कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको २३ करोडको कारोबार भयो।

अपि पावरको १६ करोडको कारोबार भयो। सानिमा इक्वीटी फण्डको मूल्य ५ प्रतिशत घटेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस