१६ कार्तिक, रोल्पा । प्रेस सेन्टर नेपाल, रोल्पाको अध्यक्षमा देवी गुरूङ चयन भएकी छन् ।
मंगलबार लिबाङमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले गुरूङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा रेशम विक र स्मृति रोकामगर, सचिवमा भरत नेपाली, सहसचिवमा अशोक ओली (परिवर्तन) र चन्द्र रोकामगर, कोषाध्यक्षमा बुद्धिमान ओलीलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा विमलराज डाँगी, रमेश डाँगी, जुनिसकुमार विष्ट, लोकेन्द्र सेन, मिलन रोकामगर, सिर्जना सेन, दिपक पुन, अस्मिता बुढा, जंग मगर, बन्दना घर्तीमगर, आशिष डाँगी, जनक गुरूङ, तेजवीर विसी र खुम सुनार गरी २१ सदस्यी जिल्ला समिति गठन गरेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक १६ गते मङ्गलवार


