विश्वमा एकैदिन ४ लाख ४३ हजार बढीमा कोरोना संक्रमण

काठमाडौं । विश्वमा एकैदिन ४ लाख बढीमा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार मंगलबार बिहान ६ बजे अगाडीसम्म विश्वमा कोरोना संक्रमितको संख्या ४ लाख ४३ हजार ४ सय ३५ पुगेको छ ।

यसरी विश्वभर संक्रमितको संख्या ४ करोड ७२ लाख ८४ हजार २ सय ३१ पुगेको छ ।

त्यस्तै विश्वमा एकैदिन ५ हजार ६२ जना संक्रमितको मृत्यु भएको छ ।

यसरी विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १२ लाख १० हजार ३ सय ८७ पुगेको छ ।

त्यसैगरी विश्वमा ३ करोड ३९ लाख ८२ हजार १ सय ८४ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस