काठमाडौं । अमेरिकामा एकैदिन ८३ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी अमेरिकामा कोरोना संक्रमितको संख्या ९५ लाख ६२ हजार २ सय १५ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ४ सय ६५ जनाको ज्यान गएको छ ।

यसरी कोरोना संक्रमणबाट ज्यान जानको संख्या २ लाख ३६ हजार ९ सय ४० पुगेको छ ।

त्यसैगरी अमेरिकामा ६१ लाख ६५ हजार २२ जना संक्रमित उपचारपछि निको भएका छन् भने ३१ लाख ६९ हजार २ सय ५३ जना उपचाररत छन् ।