भारतमा थप ३७ हजारमा संक्रमण, ४९७ जनाको मृत्यु

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३७ हजार ५९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख ६६ हजार ९१४ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७६ लाख १ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४९७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार १३९ पुगेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस