पूर्वसभामुख महराकी पत्नी सीताको कोरोना संक्रमणले निधन

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोना संक्रमणले निधन भएको छ ।

काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दशैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

माइस्थेनिया नामक रोगबाट पनि १० वर्षदेखि पीडित महराको नर्भिक अस्पतालमा १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार थालिएकोमा बिहान निधन भएको हो ।

प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस