काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र ‘कौन बनेका करोडपति’ ९केबीसी० निर्माताविरुद्ध एफआइआर दर्ता भएको छ ।
मनुस्मृतिसँग जोडिएको एक प्रश्नमा हिन्दूधर्ममाथि आहात पुगेको जनाउँदै अमिताभविरुद्ध लखनउ प्रहरीमा एफआईआर दर्ता गरिएको हो । उनलाई हिन्दूधर्मालम्बीको भावनामाथि चोट पुर्याएको आरोप लागेको छ ।
सामाजिक सञ्जालमा पनि हिन्दुधर्मालम्बीले विरोध गरेका छन् । लखउनका कट्टर हिन्दुधर्मालम्बीले अमिताभविरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।
प्रकाशित मिति : २०७७ कार्तिक १९ गते बुधवार