
काठमाडौं । विश्वमा अहिलेसम्मकै धेरैमा कोरोना संक्रमण देखिएको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ५ लाख ४४ हजार ६६ जनामा संक्रमण देखिएको छ ।
यसरी विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ८३ लाख ८७ हजार ३ सय ४५ पुगेको छ ।
त्यस्तै विश्वमा अहिलेसम्मकै धेरै संक्रमितको एकैदिन मृत्यु भएको छ । विश्वमा एकैदिन ९ हजार ८ सय २२ जना संक्रमितको मृत्यु भएको छ ।
यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ लाख २९ हजार ५ सय ४३ पुगेको छ ।
त्यस्तै विश्वमा ३ करोड ४६ लाख ३३ हजार १ सय ८० जना संक्रमित उपचारपछि निको भएको छन् ।
प्रकाशित मिति : २०७७ कार्तिक २० गते बिहिवार