काठमाडौँ ।भारतमा थप ४६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ४६ हजार ६६१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ५३ हजार ८६४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ७९ लाख १५ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।
यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २६ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ६५३ पुगेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २४ गते सोमवार