काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज ११ हजार १ सय १७ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना भाइरस संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ७ सय ९८ जना निको भएका छन् ।

आजसम्म कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यीमध्ये ३६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । १ लाख ५९ हजार ७ सय २४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।