काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १७ लाख नाघेको वल्डोमिटर्सले जनाएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड १७ लाख ८९ हजार ४२ पुगेको छ ।

त्यस्तै विश्वमा कोरोना संक्रमणको कारण १२ लाख ७८ हजार ४ सय ४९ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै तीन करोड ६३ लाख ६१ हजार ९ सय ६९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

सबै भन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् । जहाँएक करोड ५ लाख ५७ हजार ३७ जनामा संक्रमण देखिएको छ ।