काठमाडौं । कोरोना संक्रमित राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उक्त दलले जनाएको छ। नेता केसीमा मंगलबार कोरोना पुष्टि भएको थियो।

निमोनियाले ग्रस्त नेता केसीमा कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ।

केसीको स्वास्थ्यमा थप समस्या देखिन थालेको राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले बताएका छन्।

उनलाई निमोनियाले ग्रस्त बनाएको छ। जनमोर्चाको बुधबारको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउने निर्णयसमेत गरेको छ।