
काठमाडौं । विश्वमा एकैदिन ६ लाख बढीमा संक्रमण देखिएको छ ।
वल्डोमिटर्सको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ८ हजार ४९ जनामा संक्रमण देखिएको छ ।
यसरी विश्व्मा कोरोना संक्रमितको संख्या ५करोड २५ लाख १६ हजार ३ सय ३८ पुगेको छ ।
सबै भन्दा धेरै संक्रमित अमेरिकामा थपिएका छन् । जहाँ एकैदिन १ लाख ३७ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ ।
यसरी अमेरिकामा संक्रमितको संख्या १ करोड ७ लाख ३ हजार ४ सय १२ पुगेको छ ।
प्रकाशित मिति : २०७७ कार्तिक २७ गते बिहिवार