२६कार्तिक, काठमाडौं। सुनको मूल्य तोलामा आज चार सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सयले बढेर ९४ हजार ४०० कायम भएको छ।

त्यस्तै आज चाँदीको मूल्य बिहीबारको तुलनामा १५ ले उकालो लागेर एक हजार २८५ तोकिएको छ। चाँदी बिहीबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो।