एमालेको दशौँ महाधिवेशनका लागि रोल्पाबाट ७ जना प्रतिनिधि चयन

२६कार्तिक, रोल्पा । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि रोल्पाबाट ७ जना प्रतिनिधि चयन भएका छन्।

एमाले रोल्पाले शुक्रबार सर्वसम्मत रुपमा ७ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो।

३२ सय ५७ जना संगठित सदस्य रहेको रोल्पाले चितवन हुन लागेको १० औँ महाधिवेशनका लागि २ पूर्वमाओवादीसहित ७ जना प्रतिनिधि सर्वसम्मत रुपमा छनौट गरेको छ।

खुलातर्फ लुम्बिनी प्रदेश कमिटी सदस्य कुमार दसौदीसहितका प्रतिनिधि चयन भएका हुन्।

जिल्ला अध्यक्ष बालाराम बुढा, पूर्वजिल्ला अध्यक्ष तथा प्रदेश कमिटी सदस्य शान्तकुमार वली, युवा नेत्री तथा लुम्बिनी प्रदेश कमिटी सदस्य इश्वरी घर्तीमगर, पूर्वसांसद रीमाकुमारी नेपाली चुनिएको एमाले रोल्पाले जनाएको छ।

महाधिवेशन प्रतिनिधिका पूर्वमाओवादीको तर्फबाट २ जना सदस्य छानिएका छन्। शहीद परिवार तथा १० वर्षे जनयुद्धकी पूर्व लडाकू जुनकुमारी बुढा र जनमुक्ति सेनाका पूर्व–पिएलए पूर्णबहादुर बुढा चयन भएको एमाले रोल्पाका प्रचार विभाग प्रमुख दयाराम डाँगीले जानकारी दिएका छन्।

जिल्ला सचिवालय बैठकको आन्तरिक छलफलबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनौट गरिएको हो।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस