आज कात्तिक २८ गते शुक्रबार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

२०७७ कार्तिक २८ गते शुक्रबार

मेषः आजको दिन उत्साहजनक ढंगले बित्नेछ । योजना कार्यान्वयनका लागि उपयुक्त समय छ । मनमा उत्साह र उमंग छाउला । आत्मबलमा बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । प्रेममा सफलता मिल्नेछ ।

वृषः मित्र मिलनको योग छ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसाय गर्नेका लागि पनि समय श्रेष्ठकर छ ।

मिथुनः जोश जाँगर र हिम्मत बढ्नेछ । काममा सफलता मिल्ला । साथिभाईको सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धन आउन सक्छ। वित्तीय संस्थाबाट सहयोग मिल्नेछ । खर्च पनि बढ्नेछ ।

कर्कटः पारिवारिक सद्भाव बढ्नेछ । विपरित लिंगीबाट विशेष सहयोग मिल्ला । शरीर आलश्य होला । खानपानमा विशेष ध्यान दिनु होला । अध्ययन अध्ययापन सोचेजस्तो हुने छैन । कारोबार गर्दा सचेत रहनुहोला ।

सिंहः छोटो यात्राको योग छ । साथीभाईको जमघट हुनेछ । आम्दानी बढे पनि अनावश्यक ठाउँमा धन खर्च हुँदा बचत हुनेछैन । बोली विपरितको अर्थ लाग्दा प्रेममा मनमुटाव हुन सक्छ ।

कन्याः नयाँ योजना कार्यान्वयनमा आउन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढे पनि शैक्षिक क्षेत्र मध्यम नै रहनेछ । धनार्जनका नयाँ स्रोतहरू पहिचान हुनेछ ।

तुलाः स्वास्थ्य प्रतिकूल हुनेछ । अनाव्यकरूपमा खर्च बढ्नेछ । सोचेको काम अघि नबढ्दा दिक्दारी लाग्नेछ । मन चञ्चल हुनेछ ।

वृश्चिकः रोकिएका काम अघि बढ्न सक्छन् । आफ्ना योजना गोप्य राख्दा राम्रो हुनेछ । साथीभाईसँगको भेटघाटले मन प्रसन्न हुनेछ ।

धनुः कला र गलाको प्रभाव बढ्नेछ । मनका शान्ति र कान्ती छाउनेछ । शुभ समाचार सुन्न पाइएला । मेहनतको प्रशंसा गर्नेहरूको कमी हुने छैन । नयाँ कामको प्रस्ताव आउनेछ । मनमा हर्ष र उमंग छाउनेछ ।

मकरः सहजै कार्य सम्पादन हुनेछ । घरमा पाहुनाको आगमन हुन सक्नेछ । मिष्ठान्न भोजनको अवसर छ । धर्म,कर्ममा मन लाग्नेछ ।

कुम्भः मनमा दुविधा बढ्नेछ । लाभ भन्दा हानी बढी हुन सक्छ । आँटेको र ताकेको कार्य पूरा गर्न सहज छैन । निर्णय क्षमतामा ह्रास आउला ।

मीनः मुद्दा मामिलामा सफलता प्राप्त होला । विशेष उपहार प्राप्तिको योग छ ।सामाजिक पदप्रतिष्ठापनि प्राप्त हुन सक्छ । साथीभाईको सहयोग रहनेछ । प्रेममा सफलता हुनेछ । यात्रामा साबधानी अपनाउनु होला ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस