विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ३० लाख नाघेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ४३ हजार ५ सय ८२ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या पाँच करोड ३० लाख ६६ हजार ५८ पुगेको हो ।

त्यस्तै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार नाघेको छ ।

विश्वमा एकैदिन ९ हजार ५ सय ४६ जना संक्रमतिको मृत्युसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ९८ हजार ४ सय ७६ पुगेको हो ।

विश्वमा तीन करोड ७१ लाख ७१ हजार ५ सय ५० जना संक्रमित उपचारपछि निको भएको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस