भारतमा कोरोनाले १ लाख २८ बढीको मृत्यु

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४३ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख १३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस