२८ कार्तिक, पोबाङ । योङ कम्युनिस्ट लिग ( वाइसीएल ) नेपाल सुनछहरी गाउँपालिकाको प्रथम सम्मेलन शनिबार पोबाङमा सम्पन्न भएको छ ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य तथा सुनछहरी गाउँपालिका पार्टी इन्चार्ज आशबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सुनछहरी गाउँपालिका पार्टी अध्यक्ष धनबहादुर पुनमगर, वाइसीएल नेपाल केन्द्रिय सदस्य रितमान पुन (अग्रिम), गाउँपालिका सदस्य बिष्णु सन्यास, अखिल (क्रान्तिकारी)का जिल्ला सचिव उमेश पुनमगर लगायतको आतिथ्यता रहेको थियो।
शनिबार सम्पन्न सम्मेलनले मनबहादुर विकको अध्यक्षमा ३५ सदस्य पालिका कमिटि गठन गरिएको छ ।
उपाध्यक्षमा बिराज बुढाथोकी र भागिमन विक, सचिवमा दिलप्रसाद घर्तीमगर, सह–सचिवहरु बिक्की पुनमगर, सुरेश विक, आधारशिला पुनमगर, बिजय पुनमगर, कोषाध्यक्ष जुनकुमारी पुनमगरलाई चयन गरेको छ ।
रामकुमार पुनको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता मनबहादुर बिकको रहेको थियो । भने कार्यक्रमको संचालन वाइसीएल रोल्पा जिल्ला सदस्य दलबहादुर गुरुङले गरेका थिए ।


