२८ कार्तिक, रोल्पा । रोल्पाका कानुन व्यवसायीहरु आन्दोलित भएका छन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजिनामा माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएशनलाई समर्थन गर्दै रोल्पाका कानुन व्यवसायीहरु पनि आजदेखि आन्दोलित भएका हुन् ।

रोल्पा बार एकाईका अनुसार आज आइतबारदेखि मंगलबारसम्म एक घण्टा हातमा कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रम रहेको जनाएको छ ।