रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन जना घाइते

२८कार्तिक, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भने तीन जना घाइते भएका छन् ।

माडी गाउँपालिका–६ हान्निङबाट घर्तीगाउँ तर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको यात्रुवहाक जिप दुर्घटना हुँदा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा माडी–६ हान्निङका ५१ वर्षीय रुद्र पुन, ५३ वर्षीय टेकबहादु पुन र ४७ वर्षीया चौसरा विक रहेका छन् ।

दुर्घटनामा परी सोही वडाका २१ वर्षीया बीना घर्ती, १८ वर्षीय लीला पुन र ६१ वर्षीया पञ्चना विक घाइते भएका छन् । घाइते भएका तीन जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याउदै गरिएको प्रहरीले बताएको । घाइटहरुको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस