
२९कार्तिक, प्युठान। प्युठानमा सोमबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने एक जना घाइटे भएका छन् ।
मल्लरानी गाउँपालिकको मुनडाडाँबाट बाग्दुला जाँदै गरेको रा१ज १९९२ नम्बरको जीप मल्लरानी –३ बुकेनी भीरबाट खसेर दुर्घटना हुँदा सवारी चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका प्युठान नगरपालिका–४ खड्गडेराका १६ वर्षीय बिबेक नेपालीलाई उपचारका लागि खलगां स्वास्थ्यचौकीमा लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार