२९ कार्तिक, काठमाडौँ । पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानमा भएको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले मंगलबार नेपाल बन्द गर्ने भएको छ ।

पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धन लगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिनुपर्ने बताएका छन् ।