३० कार्तिक, रोल्पा । आगामी मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचन-२०८१ का लागि रोल्पाको रुन्टीगढी ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा वडा अध्यक्ष पदको लागि उपनिर्वाचन हुँदैछ । २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित टंकबहादुर पुनको स्क्रब टाइफसका कारण मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यस वडामा कुल १९ सय मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका प्रमुख जिल्ला निर्वाचन अधिकारी इन्द्रिरा अधिकारीले बताएकी छन् ।
प्रकाशित मिति : २०८१ कार्तिक ३० गते शुक्रवार