३० कार्तिक, काठमाडौँ । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।