राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवासमा

फाइल फाेटाे

काठमाडौं । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् ।

यसअघि मंगलबार प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस